अल्पआयुमै श्रीमान गुमाएकी चामुण्डा–बिन्द्रासैनी नगरपालिका वडा नः २ की मञ्जु बि.क बिपन्न परिवारकी सदस्य हुन । श्रीमानको मृत्यु पश्चात माईतैमा बस्दै आएकी उनलाई गाउँमै सीप सिकेर आफ्नो ब्यबसाय गर्ने बाटो खुलेको छ। यस्तो अवसर उनले जिल्ला घरेलु तथा साना उद्योगबाट प्राप्त गरेकी हुन् । तालिम लिनकै लागि अहिले उनि दैनिक ३ घण्टाको बाटो हिडेर सहभागि हुने गरेकी छन् ।
गाउँमै ब्यबसाय गर्न पाए दुईटा छोरीको राम्रो पढाई र अन्य खर्चमा सहज हुने उनको भनाई छ । छोराछोरीले दुःख पाएपनि तालीम पछि गाउँमै सिलाई ब्यबसाय गर्ने र छोरा छोरीका लागी राम्रो शिक्षा दिने उनको सोच छ । आय आर्जनका लागी अनेक उपाया खोज्दा नभेटेपछि बाध्य भएर सिलाईको तालीम लिएको बताइन । सिप नसीकी नहुने रहेछ सिप भए आफुहरुलाई समस्या नहुने भएकाले आफुलाई ३ घण्टाको बाठो हिड्न केही लागेको छैन ।
चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नः २ की कृष्णा तामाङलाई पनि बेरोजगारीको समस्याले पिरोलेको छ । सानै उम्मेरमा बिवाहा गर्दा आफ्नो पढाई अधुरै रहेको कृष्णाका लागी पनि यो तालीम महत्वपुर्ण रहेको छ । उनले भनिन आफुहरु तालीम लिएपछि सामुहीक ब्यवसाय संचालन गर्ने योजनामा छौं ।
आफुहरु घरको काममै सिमित रहेकाले पनि यो तालीम लिएर समाजमा सकरात्मक सन्देश प्रवाहा गर्छौ ।
गरिवी निवारका लागी लघु उद्यम बिकास कार्यक्रम मार्फत जिल्लाका ४० जना उद्यमीलाई तालीम लिएका छन । घरेलु तथा साना उद्योग बिकास समितिको प्रत्यक्ष निगरानीमा लघु उद्यम बिकास कार्यक्रम सहयोग कार्यालय सुर्खेतको आर्थिक तथा सेती टेनिङ्ग रिर्सच सेन्टर फिल्डकार्यालयको प्राबिधिक सहयोगमा दैलेखमा ३ सय४५ जना लघु उद्यमी सिर्जना हुन लागेको बताईएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग विकास अधिकृत परशुराम आर्चायले गरिवी निवारणका लागी लघु उद्यमी सिर्जना गर्ने सरकारको लक्ष्य बमोजीम उनीहरुको मागका आधारमा तालीम दिएको बताए । उनले सिलाई कटाई , होजीयारी ,बासमुढा ,दुना टपरी ,अल्लोको धागो, सिस्नो प्रसोधन लगायतका तालीमहरु संचालन भइरहको बताए । सेती टेनिङ्ग रिसर्च सेन्टर फिल्ड कार्यलय दैलेखका जिल्ला कार्यक्रम संयोजक कृष्ण थापाले स्थानीय स्तरमा आय आर्जन गर्नका लागी उनीहरुको रुचिका आधारमा तालीम दिएको बताए । उनले दैलेखमा ३ सय ४५ जना उद्यमी सिर्जना गर्नका लागी प्राबिधक र समाजीक परिचालन सम्म ८९ लाख खर्च गरिएको बताए ।










